बाममय बागलुङ ! जित पछिको हर्ष र उल्लास (फोटो फिचर)



सिर्जना पन्त, बागलुङ ।
बागलुङको २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्य निर्वाचनमा सबै सिट बाम गठबन्धनले जिते पछि गठबन्धनले खुशीयाली मनाएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा सम्मिलत गठबन्धनले शनिबार सदरमुकाममा बाजागाजा सहित बिजयी जुलुस निकालेको छ । २०६४ सालमा एक सिटमा विजयी भएको बामपंथी शक्तिले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सबै सिट जित्न सफल भएको हो ।

निर्वाचित भएका उमेदवारहरुले आफुले मतदाता सपक्ष गरेका प्रतिवद्धता आगमी दिनमा पुरा गर्ने, जनताका विश्वासलाई कुठाराघात नगर्ने र सदा जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । बागलुङ क्षेत्र नम्बर १ र २ का प्रतिनिधिसभाका निर्वाचित सदस्य द्घय सुर्य पाठक र देवेन्द्र पौडेलले समग्र जिल्लाको विकासका लागि आफु प्रतिबद्ध रहेको बताएका छन् । उनीहरुले स्थानीय स्रोत साधनको उचित प्रयोग गरी बेरोजगारहरुलाई रोजगारी सिर्जना गर्न पहल गर्ने बताएका छन् । यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा र कृष्ण थापाले अबको ५ बर्ष जनताको सेवामा समर्पित गर्ने बताउछन् ।

कालिगण्डकी करिडोर, पर्यटन, औधोगिक लगायतका क्षेत्रको विकासका लागि काम गर्ने बताएका छन् । यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य द्धय चन्द्रबहादुर बुढा र टेकबहादुर घर्तिले जनताले दिएको मतको सही सदुपयोग गर्ने र सडक, शिक्षा, स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । जित संगै नेताहरुले जनता संग गरेका बाचा पुरा गर्न सके मतको सही कदर हुनेछ । यहाका जनताले विकास र समृद्धीको महशुस गर्ने गरी काम गर्नुपर्ने भन्दै सुझाएका छन् ।

यस निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र १ मा नेकपा एमालेका सुर्य पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाका निकटम प्रतिस्पर्धी सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एवं नेपाली काग्रेसकी चम्पादेवी खडककाले २० हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि प्रतिनिधि सभामा बामगठबन्धनको तर्फबाट माओबादी केन्द्रका नेता समेत रहनुभएका देबेन्द्र पौडेलले २८ हजार ८ सय २७ मत ल्याई विजयी हुनुभएको छ । उहाका प्रतिस्पर्धी पुर्व सांसद समेत रहुनभएका नेपाली काग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत ल्याउनुभएको थियो ।

यसैबिच चार प्रदेश रहेको बागलुङ प्रदेश १ को ‘क’ मा नेकपा एमालेका इन्द्रलाल सापकोटा ,प्रदेश ‘ख’ मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी हुनुभएको छ । त्यस्तै प्रदेश २ ‘क’ मा माओबादी केन्द्रका चन्द्रबहादुर बुढा ,प्रदेश ‘ख’ मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ ।

बागलुङ जिलाल्ला २०६४ सालको संबिधान सभाको निर्वाचनमा नेपाली काग्रेस, नेकपा एमाले,र रास्ट्रिय जनमोर्चा एक, एक सिट र २०७० सालको निर्वाचनमा जिल्लाको तिन सिट र २०७१ सालमा भएको उपनिर्वाचनमा समेत नेपाली काग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्