कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि धनुषा–३ मा पराजित, राजेन्द्र महतो विजयी



धनुषा । बहुचर्चित धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो विजयी भएका छन् । कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले ३० हजार ७४२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए । सुरुदेखि नै पछि परेका निधिले एक पटक पनि महतोलाई भेट्टाउन सकेनन् । बाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका रामसिंहले २ हजार ३४६ मत मात्रै पाए ।

यो क्षेत्रलाई उम्मेदवारी दर्तासंगै निकै चासोका साथ हेरिएको थियो । जितसंगै महतोको समर्थनमा जनकपुरमा विजयी जुलुस निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्