पल र करिश्माको रोमान्स



नायक पल शाह र मोडल करिश्मा ढकालको रोमान्टिक अभिनयसहितको एउटा म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका युवा गायक सञ्जीव खरेलले आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियोमा पल र करिश्मालाई फिचरिङ गरेका हुन्।

उनकै शब्द, संगीत र स्वरमा तयार पारिएको मेरो माया बोलको गीतमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ। गोपाल रसाइलीद्वारा संगीत संयोजन तथा मिक्सिङ गरिएको गीतको म्युजिक भिडियोमा वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको छ। उक्त म्युजिक भिडियोको निर्देश्ँन लक्ष्मण पौड्यालले गरेका हुन्। नेपाल आइडलको निर्देश्ँन गरेर चर्चामा आएका निर्देश्ँक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्ष्ँमता प्रमाणित गरेका छन्। गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देश्ँक पौड्याल सफल देखिएका छन्।

भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले गरेको छ। निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्