सलमान युलियासँगै



अविवाहित बलिउड नायक सलमान खानको प्रेम जीवन सधै चर्चाको विषय बन्ने गरेको छ। पछिल्लो समय नायिका कट्रीना कैफसँग स्क्रिन शेयर गरीरहेका उनीको कट्रीनासँग प्याचअप भएको हल्ला चलिरहेको थियो।

फिल्म शुटिङका दौरान उनीहरुविचको रोमाान्टिक फोटो बाहिरीएपटि उनीहरुविच प्याच भएको अडकल लगाएका उनका फ्यानहरुलाई उनले फेरी दोधारमा पारीदिएका छन्। उनले आफ्नी पुर्व प्रेमीका कट्रिनासँगका प्याचअप भएको कुरालाई भ्रम सावित गरेका छन्। एक बलिउड अनलाईनमा प्रकाशित समाचारअनुसार कट्रिनासँग गोवाबाट फर्केपछी उनी आफ्नी प्रेमीका युलियासँग मुम्बई एयरपोर्टमा देखिएका छन्।

वास्तवमा उनी यतिखेर आफ्नो दबंग टुरको लागि लन्डन, हङकङ, अकल्याड तथा मेलबर्नको यात्रामा निस्केका छन्। केही समय अघिदेखी युलिया र सलमानविच खटपट भएको समाचार बलिउड मिडीयाहरुमा अँएको थियो। उनीहरुलाई केही समयअघिदेखी सार्वजनिक कार्यक्रममा सँगै देखिएको थिएन। यस खबरलाई गलत सावित गर्दै उनी फेरी युलियासँग सार्वजनिक स्थानमा देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्