जाजरकोटमा वामगठबन्धनको वर्चस्व



दीपेन्द्र शर्मा, जाजरकोट

जाजरकोटमा वाम गठबन्धनले क्लिन स्विप गरेको छ। प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो। प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तीबहादुर बस्नेतले फराकिलो अन्तरले निर्वाचित हुनुभएको छ।

बस्नेतले कांग्रेसका उम्मेदवार राजीवविक्रम शाहलाई पराजित गरेका हुन्। बस्नेतले ३२ हजार २ सय ८१ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएर पराजित हुनुभएको छ।

यस्तै प्रदेश क तर्फ माओवादी केन्द्रका गणेशप्रसाद सिँहले १२ हजार आठ सय ७८ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिद्धन्द्धी काग्रेंसका बेदराज सिंहले ८ हजार तीन सय ४१ मत ल्याउनुभयो। प्रदेश ख तर्फ एमालेका करविर शाही १५ हजार एक सय ८५ मत ल्याएर विजयी हुनुभएको छ। शाहिका प्रतिद्धन्द्धी काग्रेंसका दिपकजँग शाह १० हजार ३ सय ६० मत ल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्