यस्तो छ महोत्तरीको पछिल्लो अबस्था



लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीका ४ प्रतिनिधिसभा क्षेत्रमध्ये २ वटामा राष्ट्रि«य जनता पार्टी, १ वटामा माओवादी केन्द्र र १ वटामा फोरमले अग्रता लिएको छ । शनिबार साँझसम्मको परिणाम अनुसार क्षेत्र १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, २ र ३ मा राजपाका शरतसिंह भण्डारी र महन्त ठाकुर र ४ मा संयीघ समाजवादी फोरमका डा.सुरेन्द्र प्रसाद यादव अघि रहेका छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधिसभा सदस्यका माओवादीका उम्मेदवार गिरिराजमणि पोखरेलले ८ हजार ३ सय ४६ मत ल्याएर अघि देखिएका छन् । उनका प्रतिष्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतोले ४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् ।
महोत्तरी प्रदेशसभा १ क मा नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले १ हजार ७ सय ३६ र राजपाका तर्फबाट रुपा कुमारी यादवले १ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् । प्रदेश सभा १ ख मा माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत प्रसाद साहले १ हजार ८ सय ८३ मत र नेपाली काग्रेसकोे तर्फबाट राम श्रेष्ठ महतोले ३ सय ८७ मत प्राप्त गरेका छन् ।
यस्तै महोत्तरीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका राजपाका उम्मेदवार शरतसिंह भण्डारीले ६ हजार ६ सय ८ मत ल्याएर अग्रस्थानमा छन् भने उनका प्रतिष्पर्धी किरण यादवले २ हजार ७ सय २९ मत ल्याएकी छिन् ।
महोत्तरी प्रदेशसभा २ क मा राजपाका जयनुल राईनले १ हजार ७ सय ८९ मत ल्याएर अग्र स्थानमा देखिएका छन् । नेपाली काँग्रेसका सुशिल कुमार यादव ६ सय ४२ मत मात्र ल्याएका छन् । प्रदेश सभा २ ख मा राजपाका तर्फबाट सुरिता साहले १ हजार ८ सय ५९ मत ल्याई अग्रता लिएकी छिन् । उनका प्रतिष्पर्धी नेपाल काँग्रेसका राजकरण साहले ५ सय ८५ मत मात्र प्राप्त गरेका छन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका राजपाका उम्मेदवार महन्थ ठाकुरले ५ हजार ४ सय ३८ मत ल्याएर अग्र स्थानमा देखिएका छन् । उनका निकटतम प्रतिष्पर्धी बाम गठबन्धनका उम्मेदवार विजय कुमार चौधरीले २ हजार १ सय ६४ मत ल्याई पछाडि रहेका छन् ।
यस्तै महोत्तरी प्रदेशसभा ३ क मा राजपाका अभिराम शर्माले १ हजार ८ सय ५६ मत ल्याएर अघि रहेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका रामआधार कापरले १ हजार ३ सय ८१ मत ल्याएर पछि रहेका छन् । यस्तै प्रदेश सभा ३ ख मा स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले २ हजार ४ सय ४८ मत ल्याएर अग्रस्थान देखिएका छन् भने राजपाकी रानी शर्मा तिवारीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छिन् ।
महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार संघीय समाजवादी फोरमका उम्मेदवार डा.सुरेन्द्र प्रसाद यादवले १ हजार ७ सय ५० मत ल्याएर अग्रस्थानमा छन् भने उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुमार रायले १ हजार ३ सय ७९ मत ल्याएका छन् ।
यस्तै महोत्तरी प्रदेशसभा ४ क मा नेपाली काँग्रेसका गोखुल राय यादवले २ हजार ४ सय ९६ मत ल्याएर अग्रस्थानमा देखिएका छन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका कौशल कुमार यादव १ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् । प्रदेशसभा ४ ख मा नेकपा एमालेका सरोज कुमार यादव ९ सय ६३ मत ल्याएर अग्रस्थानमा छन् भने संघीय समाजवादी फोरमका संजय कुमार सिंहले ७ सय १ मत प्राप्त गरेका छन् ।
मतगणना स्थलमा दलहरुका प्रतिनिधिलाई तारजाली बाहिर राखेर कर्मचारीले गणना कार्य गरीरहेको सहायक निर्वाचन अधिकृत रामानन्दन अधिकारीले बताए । गणनास्थलमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर २१ गते भएको निर्वाचनमा महोत्तरीमा ६७ दशमलव ५७ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्