अर्जुननरसिंह केशी र डा. रामशरण महतको दर्दनाक अबस्था



शालिकराम चालिसे, नुवाकोट । नुवाकोटमा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार क्षेत्र रहेको नुवाकोटमा मतगणनाको पछिल्लो विवरण अनुसार सवै तहमा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले पछिल्लो १७ हजार ८ सय ३७ मत ल्याएर अग्रता लिइरहेका छन भने तामाङलाई नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले १४ हजार ४ सय २ मत ल्याएर पछाइरहेका छन ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश ख का वाम गठबन्धनका उम्मेदवार बद्री मैनाली १२६४१ मत ल्याएर अग्रता लिइरहनुभएको छ । मैनालीलाई कांग्रेस उम्मेदवार रमेश कुमार महतले ६२५० मत ल्याएर पछ्याइरहेको छ ।

त्यस्तै वाम गठबन्धनकी राधिका १०५५२ मत पाउनुभएको छ । भने वाम महेन्द्र थिङले ७६५४ मत पाएका छन ।

यता प्रतिनिधिसभा क्षेत्र न्ां २ मा वाम गठबन्धनका उम्मेदवार नारायन प्रसाद खतिवडाले २० हजार ८ सय ७४ मत ल्याएर अग्रता लिइरहनुभएको छ । त्यस्तै कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केशीले १४ हजार ६ सय ३९ मत ल्याउनुभएको छ ।

त्यस्तै प्रदेशसभा क मा वाम गठबन्धनका उम्मेदवार केशवराज पाण्डेले १० हजार ९ सय ४ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका जगदीश नरसिंह केशीले ६ हजार ८ सय ८९ मत पाउनुभएको छ ।

त्यस्तै प्रदेशसभा ख मा वाम गठबन्धनका उम्मेदवार हिरानाथ खतिवडाले ८७०९ मत पाउनुभएको छ भने कांग्रेसका जगत तामाङले ७५५६१ मत पाउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्