स्याङ्जामा तनाव, पुतलीबजारका मेयरले गरे डिएसपीमाथि हातपात



मनोज रेग्मी,स्याङ्जा ।
स्याङ्जामा शशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश पौडेलमाथी पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्रीको समूहले हातपात गरेका छन् ।

स्याङ्जा क्षेत्र नँ १ का निर्वाचन अधिकृत रमेशकान्त अधिकारीलाई जिल्ला समन्वय समितीको हलमा लैजाँदै गर्दा डिएसपी पौडेलमाथि पुबनपा मेयर क्षेत्री र जिल्ला समन्वय समितका अध्यक्ष सीता सुन्दास सहितको समूहले डिएसपी पौंडेलमाथी हातपात गरेका हुन् । डिएसपी पौडेलले दिएको जानकारी अनुसार आफ्नो टोलीले निर्वाचन अधिकृत अधिकारीलाई समन्वयको हलमा लैजाँदै गर्दा मेयर क्षेत्री र समन्वय अध्यक्ष सुन्दासले आफूमाथी हातपात गरेको बताए । पौडेलले थपे, ‘क्षेत्र नँ २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथी कुटपिट भएपछि क्षेत्र नँ १ का अधिकृतलाई पनि सुरक्षा दिनुपरो ।’ त्यसपछि भिडलाई हटाउने क्रममा मेयर र अध्यक्षले आफूहरूलाई ढेलेको भन्दै हातपात गरेको डिएसपी पौडेलले जानकारी दिए ।

शुक्रबार साझ प्रतिनिधिसभा क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृत श्रेष्ठ माथि एमालेका नेता तथा आँधीखोला गाउँपालिकाका प्रमुख सुधिरकुमार पौडेलले हातपात गरेपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । स्थिती अझै तनावग्रस्त बनेपछि प्रहरीले आन्दोलन गर्न निषेधित क्षेत्र तोकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसले ४ बुथ कब्जा गरेको भन्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अबरुद्ध भएको हो । एमालेले उजुरी दर्ता गराएपछि काँग्रेसले पनि ५ बुथमा एमालेले बलजफ्ती गरेको भन्दै पुनः मतदानको माग गरेपछि विवाद बढ्दै गएको छ ।
हालसम्म स्याङ्जाको दुबै क्षेत्रको मागणना शुरू हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्