वामगठबन्धनका कार्यकताले प्रहरीलाई कुटे, ४ प्रहरी घाइते



ललित सिंह, बझाङ । मदिरा सेवन गरेर होहल्ला गरिरहेका वामगठबन्धनका कार्यकर्ताको आक्रृमणमा परि गस्तिमा रहेका ४ जना प्रहरी जवान घाइते भएका छन । जड्याहाहरुले प्रहरीको गाडीमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राती जिल्ला वन कार्यालय अगाडी रहेको प्रहरी गस्तीलाई लक्षित गरि मदिरा सेवन गरेका केही व्यक्तीले ढुङ्गामुडा गरेको र ढुङ्गा लागेर प्रहरी जवान हेमराज पनेरु र देउरा प्रहरी चौकीको ढोका तोडफोड गरेर प्रहरी जवान लक्ष्मी भट्ट,तेज बहादुर चन्द्र,यज्ञराज जोशी घाइते भएको प्रहरी निरिक्षक रामबहादुर चन्दले बताए । धाईते प्रहरी जवानको उपचार जिल्ला अस्पतालमा भैरहेको चन्द्रले जानकारी दिएका छन् ।
ढुङ्गामुडाबाट गस्तिको लागी परिचालन गरेको प्रहरीको गाडीमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । गाडीको पाल र सिसा समेत तोडफोड गरिएको प्रहरी निरिक्षक चन्दले बताए ।
हुलदंगा हुदा वडाप्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक राधाकृण्ण नाथको संचार सेटमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाका प्रहरी नायब निरिक्षक रामसिं बाहोराले बताए ।
तोडफोडमा संलग्न रहेको आसंकामा खप्तड छान्ना गांउपालिका १ का मुकुन्द थापा,थलारा गाउपालिका २ का रमेश खाती र भक्त खाती लाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रीया अगाडी बढाएको बोहराले जानकारी दिए ।
मत परिणाम सार्वजनिक भए पछि बजारमा विजयउत्सब मनाइरहेका बामगठबन्धनका समर्थकहरुले शुक्रबार सांझ अनियन्त्रित भए पछि प्रहरीले व्यापक धरपकड गरेको थियो । प्रहरी धरपपकड प्रति आक्रोसित भएका व्यक्तीहरुले प्रहरी माथी आक्रमण गरेको हुन सक्ने स्थानियहरुले बताएका छन ।
एक जना स्थानियले भने ‘व्यापक मात्रामा म्यादी प्रहरी परिचालन गरेर बजारमा हिडिरहेका जो सुकैलाई पनि प्रहरीले कुटपिट गरिरहेको थियो । त्यही रिसमा प्रहरी माथी आक्रमण भएको हुन सक्छ’ मतपरिणाम सुन्नका लागी गांउगांउबाट मानिसहरु सदरमुकाम आएका कारण शुक्रबार देखी नै चैनपुर बजारमा राती सम्म पनि निकै भिडभाड हुने गरेको छ ।
सदरमुकाम र आसपासका बजारहरुमा मदिराको खपत पनि निकै बढेको छ । बजारमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका थुप्रै समुहहरुले शान्ती खल्वल्याउन थाले पछि प्रहरीले कारवाही थालेको तर धरपकड नगरेको प्रहरी निरिक्षक रामबहादुर चन्दले बताए । वडाप्रहरी कार्यालयको प्रहरी टोलीले अवस्था नियन्त्रण गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा बल पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्