गुल्मीको क्षेत्र नं २ को ‘१’ प्रदेशमा बाम गठबन्धनका खडग केसी बिजयी



अनिल खत्री, गुल्मी । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नं २ को ‘१’ प्रदेशमा बाम गठबन्धनका खडग केसी बिजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धन अन्तरगत नेपाली कांग्रेसका शालिकराम पन्थीलाई चार हजार चार सय ९२ मत अन्तरले पराजित गरेका छन् । गठबन्धनको तर्फबाट एमालेका केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार छ सय ७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रतिनिधी सभा क्षेत्र नं २ ‘२’ को पनि अन्तिम नतिजा केहिबेरमा आउँदै छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा बामगठबन्धनका उमेदवार प्रदिप ज्ञवालीको १३ हजार छ सय ४९ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र भण्डारीले नौ हजार नौ सय ७१ मत रहेको छ । त्यस्तै प्रतिनिधी सभा २ का बामगठबन्धका उमेदवार गोकर्ण बिष्टको १७ हजार एक सय ८८ र लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र केशीको आठ हजार तीन सय ९४ मत रहेको छ ।
सभामाको प्रदेश सभामा वाम गठबन्धनका उम्मेदवारहरुको अन्तिम नतिजा आउने क्रम शुरु भएको छ । अहिले प्रतिनिधी सभा क्षेत्र नं २ ‘ख’ अन्तरगत गठबन्धनका उमेदवार खडक केशी बिजयी भएका छन् । यद्यपी सार्वजनिक गरिएको छैन् । अग्रता बिजय नजिक पुगेको छ ।
अहिलेसम्म दुई प्रतिनिधी तथा चार प्रदेश सभा अन्तरगत प्रतिनिधी सभा अन्तरगत दुई गाउँपालिकाको मतगणना सकिदा अगाडी रहेको छ । प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिकाको मतगणना सकिएको छ ।
जसमा वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवालीको ४४८३ मत रहेको छ । भने कागे्रसका चन्द्र भण्डारीको ३७५१ मत छ । उक्त क्षेत्रमा अहिलेसम्म ८५३५ मत गणना भएको छ । अहिले चन्द्रकोट गाउँपालिकाको मतगणना थालिएको छ ।

झण्डै तीन हजारले बिष्ट अगाडी
प्रतिनिधी सभा क्षेत्र नं २ को मदाने गाउँपालिकाको पनि मतगणना सकिएको छ । ८५०० मत गणना हुँदा वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टको ५५२६ मत छ । भने काग्रेसका उम्मेदवार चन्द्र केसीले २६७४ मत प्राप्त गरेका छन् । अहिले प्रतिनिधी सभा अन्तरगत मालिका गाउँपालिका १ को नेटा दलिंगको मतगणना गरिदै छ ।
प्रदेशमा पनि बाम गठबन्धन नै अगाडी

चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन । क्षेत्र नं १ को क प्रदेश अन्तरगत माओवादी केन्द्रका सुर्दशन बरालको २६९४ र कांग्रेसका पृथ फौजदारको २४२९ मत रहेको छ । सोहि क्षेत्रको ख प्रदेशमा एमालेका कमलराज श्रेष्टको १५२३ र कांग्रेसका धनेन्द्र कार्कीको १५३१ मत रहेको छ । त्यस्तै प्रतिनिधी क्षेत्र नं २ क प्रदेशमा एमालेका खडग केशीको ३७७१ र कांग्रेसका शालिकराम पन्थीको २०७१ र ख प्रदेशमा माओवादी केन्द्रका दिनेश पन्थीको ३३३५ र कांग्रेसका छन्द पहराईको १६४३ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्