लमजुङको तीन वटै सिटमा वाम गठवन्धनको अग्रता



नेपाल समाचारपत्र लमजुङ ।
लमजुङमा मत गणनाको पछिल्लो मतगणनाको परिणाम अनुसार वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । शुक्रबार विहानबाट वाम गठबन्धनका अग्रता सुरु भएकोमा साँझ सम्म कायम छ र मतअन्तर बढ्दै गएको स्थिति छ ।

कुल ७७ हजार ३ सय ४० मतखसेकोमा अहिलेसम्म गणना भएको पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभातर्फ कुल ५८ हजार २ सय ८१ मत गणना भएको छ । त्यसमा १ हजार ८ सय ९६ मत बदर भएको छ ।  गणना भएको मध्ये वाम गठबन्धनका देवप्रसाद गु्रुङ ४ हजार ९ सय ३४ मतले अघि हुनुहुन्छ ।
घोषित नतिजाअनुसार नेपाली काँग्रेसका दिलबहादुर घर्तीले २४ हजार १ सय १६ मत, वाम गठबन्धनका देवप्रसाद गुरुङले २९ हजार ५० मत प्राप्त गर्नुभएको छ । यस्तै, विवेकशील साझा पार्टीका निर्देश शिलवालले १ सय ८४ मत, नयाँशक्तिका देवेन्द्र पराजुलीले ५ सय १७ मत, संघीय समाजवादी फोरमका खेमजंग गुरुङले २ सय ९५ मत पाउनुभएको छ ।
मतदानको अन्तिम क्षणमा उम्मेदवारी रद्ध गरेको जनसमाजवादी पार्टी नेपालका निराजन कुवँरले १ हजार ५५ मत पाउनुभएको छ । त्यस्तै, स्वतन्त्रमा उठ्नु भएका द्वारीका मिश्रले ७ सय २४ मत पाउनुभएको छ ।
प्रदेश कमा  ३६ हजार ६८ खसेकोमा २८ हजार २ सय २८ मत गणना भएको छ । त्यसमध्ये  बदर मतः १ हजार १ सय ९० रहेको छ । यहाँ वाम गठबन्धनका धनन्जय दवाडीले ५ हजार १ सय ६२ मत अघि हुनुहुन्छ । उहाँले १५ हजार ५ सय ९१ मत पाउनु भएको छ ।
उहाँलाई नेपाली काँग्रेसका गर्जबहदुर गुरुङले १० हजार ४ सय १९ मतका साथ पछ्याइरहनु भएको छ ।
यस क्षेत्रमा अन्तिम समयमा आएर माओवादी केन्द्रमा समाहित भएको जनसमाजवादी पार्टी नेपालको चुनाव चिन्हमा ३ सय ७३ मत परेकोछ । यसैगरी, नयाँ शक्तिको ३ सय ९१ मत आएको छ । सो दलबाट जिल्ला संयोजक राजुु थापा उम्मेदवार हुनुहुन्छ । संघीय समाजवादी फोरकले १ सय ५१ मत र विवेकशील साझा पार्टीले १ सय ३ पाएका छन् ।
त्यस्तै, प्रदेश ख मा कुल ४१ हजा २ सय ७२ खसेकोमा हालसम्म ३६ हजार ४ सय ६९ मत गणना भएको छ । त्यसमध्ये ८ सय १२ बदर भएको अवस्था छ ।
यस क्षेत्रमा पनि वाम गठबन्धनका पृथ्वीसुब्बा गरुङ ५ हजार ४ सय ६८ मतले अघि हुनुहुन्छ । उहाँले १९ हजार ९ सय ५५ मत पाउनु भएको छ ।
त्यस क्षेत्रमा नेपाली काँग्रेसका कृष्णप्रसाद कोइरालाको १४ हजार ४ सय ८७ मत पाउनु भएको छ ।

उम्मेदवारी फिर्ता गरेका जनसमाजवादी पार्टी नेपालले २ सय ८५ मत पाएको छ । विवेकशील साझा पार्टीले २ सय ७३ मत, नयाँ शक्तिले १ सय ३५ मत र स्वतन्त्रका उत्तम गुरुङले ३ सय २३ मत पाउनु भएको छ ।

कुल मतदाता १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो । त्यस्तै, प्रदेशसभा क मा ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३६ हजार ६८ मत खसेको थियो । प्रदेशसभा ख मा ६० हजार ५ सय ५२ मतदाता रहेकोमा ४१ हजार २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
तीन तहको कडा सुरक्षा व्यवस्थाका साथ मतगणना गरिएको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि यहाँ ९ दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशसभा क मा विभिन्न दलका गरी ६ जनाको उम्मेदवारी परेको थियो । यसैगरी, प्रदेशसभा ख मा ७ दल र एक स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्