गोरखा २ मा मतान्तर बढाउँदै बाबुराम



सन्तोष अधिकारी, गोरखा ।

प्रतिनिधी सभा गोरखा क्षेत्र नं. २ नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठ सँगको मतान्तर झनै बढाएका छन् । अहिले सम्म भट्टराई श्रेष्ठ भन्दा चार हजार पाँचसय ९६ मतले प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् ।

गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ । भट्टराइले २८ हजार ८७३ मत ल्याए भने श्रेष्ठले २१ हजार २७७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्