मेलिनाले गाइन् थारु गीत



गायिका मेलिना राईले पहिलोपटक थारु भाषाको गीत गाएकी छिन्। पछिल्लो समयमा चर्चा पाएकी गायिका राईले चाँद जैसिन तोहार सुरतिया बोलको थारु गीत गाएकी हुन्। यो गीतमा उनलाई स्वरमा थारु गायक नरेश जोगीले साथ दिएका छन्।

नरेशकै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो पनि हालै युट्युुबमार्फत् सार्वजनिक भएको छ। गीतमा संगीत संयोजन विशाल निरौलाको रहेको छ। गीतको भिडियोमा थारु मोडलद्वय जेएमसी चौधरी र करिश्मा चौधरीलाई फिचरिङ गरिएको छ।

‘मलाई विभिन्न समुदायका भाषाका गीत गाउन मन पर्छ’, मेलिना भन्छिन्– ‘थारु भाषा त बुुझ्दिन, तर गीत गाउने अवसर पाउँदा निकै खुसी छु, रमाइलो लागेको छ।’ राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्