ठेकीमा दही भन्दै कम्मर मर्काए राजाराम र केकीले



कोहलपुर एक्सप्रेस नामक फिल्मबाट निर्मात्री बनेकी नायिका केकी अधिकारीले आफूभन्दा तीन दशक बढी उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छिन्।

पछिल्लोपटक सार्वजनिक फिल्म हुर्रेको एक रमाइलो गीतमा केकी र राजाराम सँग–सँगै अभिनेता अंकित खड्कालाई फिचरिङ गरिएको छ। फिल्मको सार्वजनिक ठेकीमा दही बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ। गीतकार राजेन्द्र थापाको शब्दमा राजनराज शिवाकोटीले नै संगीत भरेका छन्। गीतमा वशमा छैन मेरो मन गायक राजन इशानको एरेञ्ज छ।

विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन्।
यम थापाको लेखन र निर्देशनमा बनेको कमेडी जनराको यो फिल्म अगामी फागुन २५ मा रिलिज हुने निर्माण संस्थाले जानकारी गराएको छ। दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन्। फिल्ममा अनुपविक्रम शाही, संगीता नापितलगायतका कलाकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्