मोरङमा प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले लालबाबु जित्नै सकेनन



नेपाल समाचारपत्र, मोरङ ।
कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् । सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् ।

लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्