दाङ २ मा शंकर पोख्रेल विजयी



नेपाल समाचारपत्र, दाङ ।
दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२७ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७९ मत छ ।

प्रतिक्रिया दिनुहोस्