रोनाल्डोलाई “बालोन डे ओर” अवार्ड



लन्डन, (एजेन्सी)
पोर्चुगल तथा रियल मेड्रिडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पाँचौंपटक ‘बालोन डे ओर’ उपाधि जितेका छन्।

बिहीबार राति एक कार्यक्रमबीच अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले पाँचौपटक बालोन डे ओर अवार्ड जितेका हुन्। फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने उक्त अवार्डको अन्तिम तीनमा रोनाल्डोसँगै मेसी र नेयमार पर्न सफल भएका थिए। योसँगै रोनाल्डोले सर्वाधिक पाँचपटक उक्त अवार्ड जित्ने मेसीको कीर्तिमानसँग बराबरीसमेत गरे।

रोनाल्डोले ९ सय ४६ अंक र मेसीले ६ सय ७० अंक प्राप्त गरेका थिए। त्यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)का नेयमार ३ सय ६१ अंकसहित तेस्रो बने। रोनाल्डोले गत सिजन यूएफा च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउन रियल मेड्रिडलाई मद्दत गर्नुका साथै पोर्चुगललाई युरोकप दिलाउन महँवपूर्ण भूमिका निर्वाह गरेका थिए।

अवार्ड जितेपछि रोनाल्डोले आफ्ना टिमका साथीहरूहरूलाई धन्यवाद दिँदै गत वर्ष जितेका ट्रफीहरूले नै यस अवार्ड जित्न सहयोग गरेको प्रतिक्रिया दिए। उनले भने– ‘म धेरै खुसी छु र यो मेरा लागि निकै महँवपूर्ण क्षण हो।’ यसअघि रोनाल्डोले लगातार दोस्रोपटक द बेस्ट फिफा प्लेअर्स अवार्डसमेत जितेका थिए।

प्रतिक्रिया दिनुहोस्