विजयी भएपछि गगनले ओलीलाई भनेः प्रधानमन्त्री हुँदा अहंकार नरहोस्



नेपाल समाचारपत्र, कााठमाडौँ ।
नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा उम्मेदवार गगन थापा विजयी भएका छन् । विजयी पश्चात गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद पनि दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।

उनले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि दुर्घटना भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री को रुपमा चिनाएका छन् ।

बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले यस्तो खालको अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्