ललितपुर २ र ३ मा वामगठबन्धन विजयी, १ मा पनि एमालेकै अग्रता



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।भुसालले कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयीभएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

यस्तै ललितपुर क्षेत्र नं. २ मा वामगठबन्धनका कृष्णलाल मर्हजन विजयी भएका छन् । उनले २७७१३ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रका उम्मेदवारले भने १६९४५ मात्र मत प्राप्त गरेका हुन ।

साथै क्षेत्र नं १ को हालसम्मको मतपरिणाम अनुसार वामगठबन्धनका उम्मेदवार नवराज सिवालले १२४६२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनका प्रतिस्पधी नेपाली कांग्रसका उदय समशेर राणाले १०१७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्