काठमाडौंमा कृष्णगोपालको जित



नेपाल समाचारपत्र, काठमाडौ ।
कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए ।

कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत पाएका छन् ।

कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी हुन् । उनीहरुबीच काठमाडौं क्षेत्रनम्बर ७ मा ०५१ को चुनावमा भिडन्त भएको थियो जसमा कृष्णगोपालले बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्