ट्रिपर दुर्घटना हुँदा दुई म्यादी प्रहरीसहित ३ जनाको मृत्यु



मकवानपुर(नेस) ।
मकवानपुरको भीमफेदी–२ चुनियाँमा ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना म्यादी प्रहरी सहित ३ जनाको मृत्यु भएको छ ।

ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्