जिससको तीनवटै स्थलबाट मत गणना



नेपाल समाचारपत्र
बाजुरा
मंसिर १० गते सम्मन्न पहिलो चरणको निर्वाचनको मतगणना बिहीबार बेलुकी ५ बजेबाट शुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्ला समन्वय समिति बाजुराको समीक्षालय, बैठककक्ष र समन्वय समितिका संयोजकको कार्यकक्ष गरी ३ वटै स्थलमा एकैसाथ मत गणना हुने भएको हो।

पहिलो निर्वाचित हुने प्रतिनिधिसभा, प्रदेशसभा १ र २ गरी ३ वटै प्रतिनिधिको एकसाथ मतगणना हुनेछ। त्यसका लागि आवश्यक सुरक्षासहित स्थल व्यवस्थापनको सम्पूर्ण तयारी भइसकेको छ। हिजो बिहीबार बिहान सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहितासहित सामान्य जानकारी गराई मतगणना गर्न दलहरू सहमत भएका छन्।
मत परिणाम सुन्न सदरमुकाम मार्तडीमा बाक्लो उपस्थिति भइरहेको छ। होटेल पसल रिजर्ब छन्। कसले बाजी मार्ने हो? होटेल, पसल र चोकमा चिया गफ भइरहेका छन्। यता जिल्लाको सुरक्षा व्यवस्था तैनाथ गरेको सुरक्षा निकायका प्रमुख लुकबहादुर क्षेत्रीले बताउनुभएको छ। बाजुरामा ५२ हजार ९ सय ४९ मत खसेका थिए । ६९ हजार ८ सय ३४ मतदाता संख्या रहेको छ। गएको निर्वाचनमा करिब ७६ प्रतिशत मत खसेका थिए।

प्रतिक्रिया दिनुहोस्