मतपरिणाम आउन शुरू



प्रशान्त वली, काठमाडौं
मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउन शुरू भएको छ।

मनाङमा निर्वाचन क्षेत्र १ ‘क’ मा प्रतिनिधिसभातर्फ एमालेका पोल्देनछोपाङ गुरुङले ९ सय ८ कांग्रेसका टेकबहादुर गुरुङ ५ सय ५९ मत ल्याउनुभएको छ। यस्तै, मनाङमा प्रदेश सभातर्फ एमालेका धोर्जे डण्डुल गुरुङले ३ सय ५२ र कांग्रेसका चिन्तबहादुर घले २ सय ६७ मत ल्याउनुभएको छ। यस्तै निर्वाचन क्षेत्र नं १ ‘ख’ मा स्वतन्त्रतर्फका राजीव गुरुङले ४ सय ३७ मत र कांग्रेसका कर्म गुरुङले ४ सय २४ मत ल्याउनुभएको छ।

पछिल्लो मत परिणामअनुसार सिन्धुपाल्चोकमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार अग्निप्रसाद सापकोटा २ हजार १८ मतका साथ अग्र स्थानमा हुनुहुन्छ।

कांग्रेसका मोहनबहादुर बस्नेतले १ हजार १ सय १४ मत प्राप्त गर्नुभएको छ। रुकुम पूर्वको प्रारम्भिक मतपरिणाममा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले १ हजार १ सय १९ मत ल्याउनुभएको छ। कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले ६ सय ७३ मत प्राप्त गरी दोस्रो स्थानमा र नयाँ शक्तिका जितमान पुनले २ सय ३२ मत प्राप्त गर्नुभएको छ। अहिलेसम्म पूर्वी रुकुममा १ हजार १ सय ५९ मत गणना भइसकेको छ। यस्तै जाजरकोटमा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ६ सय ७ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले ४ सय ३७ मत ल्याउनुभएको छ।

बझाङमा प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा माओवादी केन्द्रका देवकी मल्ल (थापा) ले एक हजार ८२ मत ल्याउनुभएको छ भने कांग्रेसका नरेशबहादुर सिंहले २ सय ६२ मत प्राप्त गर्नुभएको छ। भोजपुर प्रदेशसभा ‘ख’ तर्फ एमालेका शेरधन राईले ४ सय ६७ र नेपाली कांग्रेसका गोविन्द कार्कीले २ सय ७१ मत ल्याउनुभएको छ।

जाजरकोटमा प्रदेश ‘ख’तर्फ करवीर शाही एमालेका ७ सय १४ र कांग्रेसका दीपकजंग शाहले २ सय ८१ मत ल्याउनुभएको छ। मुस्ताङ प्रतिनिधिसभातर्फ एमालेका प्रेम तुलाचनले २ सय ७१ र कांग्रेसका रोमी गौचनले २ सय ५४ मत ल्याउनुभएको छ। भोजपुरमा प्रतिनिधिसभातर्फ कांग्रेसका उमेशजंग रायमाझी ५ सय ९७ र माओवादी केन्द्रले सुदन किराँतीले ५ सय १३ मत ल्याउनुभएको छ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन्। प्राप्त पछिल्लो अपडेट अनुसार उहाँले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ९३ मत ल्याउनुभएको छ। संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ।
यस्तै, जुम्ला क्षेत्र नम्बर–२ तर्फ प्रदेशसभाका लागि एमालेका पदम रोकायाले ३ सय ५३ मत पाउनुभएको छ भने प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले १ सय ५१ मत पाउनुभएको छ। सिन्धुपाल्चोक २ मा प्रतिनिधिसभातर्फ राप्रपा प्रजातान्त्रिक (पशुपतिशमशेर जबरा) ५ सय ४३ र वाम गठबन्धनका शेरबहादुर तामाङले ४ सय २३ मत ल्याउनुभएको छ। यस्तै लमजुङ निर्वाचन क्षेत्र १ अन्तर्गत प्रतिनिधिसभातर्फ कांग्रेसका दिलबहादुर घर्तीले ७ सय ६९ र माओवादी केन्द्रका देवप्रसाद गुरुङले ६ सय ९९ मत ल्याउनुभयो। यस्तै म्याग्दीमा प्रतिनिधिसभातर्फ एमालेका भूपेन्द्र थापाले १ हजार ४ सय ५१ र कांग्रेसका खम गर्वुजाले १ हजार २ सय १९ मत ल्याउनुभएको छ।
यस्तै, म्याग्दीको प्रदेश ‘क’मा माओवादी केन्द्रका विनोद केसीले ९ सय ८, कांग्रेसका भीमप्रसाद गौचनले ५ सय ३८ मत ल्याउनुभएको छ। यस्तै म्याग्दीकै प्रदेश ‘ख’तर्फ एमालेका नरदेवी पुनले र कांग्रेसका अमलाल पुनले ६ सय ५० मत ल्याउनुभएको छ।

गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ दोस्रो स्थानमा हुनुहुन्छ। प्रारम्भिक नतिजाअनुसार नारायणकाजीले ७ सय ६६ मत ल्याउनुभएको छ भने कांग्रेस समर्थित उम्मेदवार डा. बाबुराम भट्टराईले ८ सय ३० मत ल्याउनुभएको छ। रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ठूलो अन्तरको अग्रता लिनुभएको छ। प्रारम्भिक मतपरिणामअनुसार शर्माले २ हजार ५ सय ६४ मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी कांग्रेसका गोपाल शाहले ७ सय १९ मत ल्याउनुभएको छ। हुम्लामा प्रतिनिधिसभातर्फ १ हजार २ सय ७४ मत गणना हुँदा स्वतन्त्रतर्फका छक्कबहादुर लामाले ४ सय ३४ मत ल्याउनुभएको छ। लामाका प्रतिद्वन्द्वी माओवादी केन्द्रका छिमी दोर्जे लामाले २ सय ५६ मत ल्याउनुभएको खबर प्राप्त भएको छ।

बझाङ प्रतिनिधिसभातर्फ एमालेका भैरवबहादुर सिंहले १ हजार ९ सय ५६ र कांग्रेसका पृथ्वीबहादुर सिंहले १ हजार ४ सय २१ मत ल्याउनुभएको छ। पाँचथरको प्रारम्भिक मत परिणाममा वाम गठबन्धनका वसन्तकुमार नेम्वाङले ७ सय ७० र लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बे ४ सय ६४ मत ल्याउनुभएको छ। रसुवामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले ७ सय २१ र वाम गठबन्धनका जनार्दन ढकालले ४ सय ४८ मत ल्याउनुभएको छ। रामेछाप प्रदेश ‘ख’मा एमालेका कैलाशप्रसाद ढुंगेल १ हजार ४ मत ल्याउनुभएको छ भने कांग्रेसका जितबहादुर मगरले ३ सय ८३ मत ल्याउनुभएको छ।

गोरखा क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ माओवादीका हरिराज अधिकारीले ३ सय ५१ र नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठ ३ सय ३० मत प्राप्त गर्नुभएको छ। धादिङ १ मा वाम गठबन्धनले अग्रता लिएको छ। २ हजार २ सय ३१ मत गणना हुँदा वाम गठबन्धनका भूमि त्रिपाठीले १ हजार २ सय ४० र नेपाली कांग्रेसका विश्व अर्यालले ६ सय ९५ मत ल्याउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्