यस्तो छ लमजुङको पछिल्लो मत परिणाम



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा सुरु गरिएको मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।
प्रतिनिधिसभातर्फ कुल १ हजार ६ सय २८ गणना भएकोमा ८८ मत बदर भएको छ ।

घोषित नतिजाअनुसार नेपाली काँग्रेसका दिलबहादुर घर्तीले ७ सय ६९ मत, वाम गठबन्धनका देवप्रसाद गुरुङले ६ सय ९९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नयाँशक्तिका देवेन्द्र पराजुलीले १९, संघीय समावादी फोरमका खेमजंग गुरुङले १४ मत पाउनुभएको छ ।

मतदानको अन्तिम क्षणमा उम्मेदवारी रद्ध गर्नुभएको जनसमाजवादी पार्टी नेपालका निराजन कुवँरले ३३ मत पाउनुभएको छ ।

यसैगरी, प्रदेशसभा क को कुल मत ७१९ गणना भएको छ । तीमध्ये काँग्रेसका गर्जबहदुर गुरुङको ३६७ मत, वाम गठबन्धनका धनञ्जय दवाडीको ३०८ मत र २६ मत बदर भएको छ । अन्तिम समयमा आएर माओवादी केन्द्रमा समाहित भएको जनसमाजवादीको चुनाव चिन्हमा ७ मत परेकोछ ।

यसैगरी, नयाँ शक्तिको ६ मत आएको छ । सो दलबाट जिल्ला संयोजक राजुुथापा उम्मदवार हुनुहुन्छ । त्यस्तै, प्रदेश ख मा ९ सय २ मत गणना भएको छ । त्यो मध्ये नेपाली काँग्रेसका कृष्णप्रसाद कोइरालाको ४ सय ७६ मत, वाम गठबन्धनका पृथ्वीसुब्बा गुरुङको ४५३ मत आएको छ ।

उम्मेदवारी फिर्ता गरेका जनसमाजवादी पार्टी नेपालले १२ मत पाएको छ ।
मतगणना कार्य बेसीशहरस्थित जिल्ला समन्वय समितिको कार्यालयको सभाकक्षमा भइरहेको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा चार स्थानबाट मतगणना पहिलो चरणको मत परिणाम आएको हो । एक समूहमा ७।७ जनाको कर्मचारी टोलीले प्रतिनिधिसभाका लागि दुई समुह, प्रदेश सभा क र प्रदेशसभा ख को मतगणना गरिएको छ ।

कुल मतदाता १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो । प्रदेशसभा क मा ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३६ हजार ६८ मत खसेको थियो । प्रदेशसभा ख मा ६० हजार ५ सय ५२ रहेकोमा ४१ हजार २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

तीन तहको कडा सुरक्षा व्यवस्थाका साथ मतगणना गरिएको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि यहाँ ९ दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमाछन् ।

प्रदेशसभा क मा विभिन्न दलका गरी ६ जनाको उम्मेदवारी परेको थियो । यसैगरी, प्रदेशसभा ख मा ७ दल र एक स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्