रुकुम पुर्व र रुकुम पश्चिममा मत गणना सुरु



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्व र रुकुम पश्चिममा मतगणना शुरु भएको छ । पहिलो चरणमा भएको प्रदेश सभा र प्रतिनीधिसभाको चुनावको मतगणना शुरु भएको हो । विहीबार बेलुका ५ बजेदेखि रुकुम पूर्व जिल्लामा शुरु गरिएको छ भने रुकुम पश्चिममा बेलुका ६ बजेदेखि शुरु गरिएको छ ।

रुकुम पूर्व जिल्लामा एक ठाउँमा र रुकुम पश्चिममा चार ठाउँमा मतगणना शुरु गर्न लागिएको छ । रुकुम पुर्वको सदरमुकाम रुकुमकोट स्थित रुक्मणी माविमा र रुकुम पश्चिमको सदरमुकाम मुसिकोट जिल्ला समन्वय समितीमा मत गणना भइरहेको छ ।
रुकुम पूर्वमा थोरै मात्र मतदाता रहेकोले शुक्रबार बेलुका सम्म सबै परिणाम आउने बताईएको छ । पश्चिम रुकुममा भने करिब तीनदेखि चारदिन सम्मा लाग्ने बताईएको छ । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेकोमा १८ हजार १ सय ३२ मत खसेको थियो । त्यस्तै रुकुम पश्चिममा ८४ हजार ३२ मतदाता रहेकोमा ५५ हजार ३ सय ८५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्