मतपरीणाम आउन शुरु, कुन ठाउँमा कस्को अग्रता ?



नेपाल समाचारपत्र, काठमाडौ ।
सिन्धुपाल्चोकको मतगणना शुरु भएको छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नम्वर १ मा वाम गठबन्धनका उम्मेदवार अग्निप्रसाद सापकोटा सात सय ३५ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने कांग्रेसका मोहनबहादुर बस्नेतले तीन सय ३५ मत प्राप्त गर्नुभएको छ ।

रुकुम पूर्वको प्रारम्भिक मतपरिणाममा प्रतिनीधि सभा सदस्य तर्फ वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले पाँच सय ३ मत ल्याउनुभएको छ । कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले २ सय ६५ मत प्राप्त गरी दोस्रो स्थानमा र नयाँ शक्तिका जितमान पुनले २ सय ३२ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म पूर्वी रुकुममा एघार सय ५९ मत गणना भइसकेको छ ।
यस्तै जाजरकोटमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ मा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ६ सय ७ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिद्धन्द्धी काग्रेंसका राजीवविक्रम शाहले चार सय ३७ मत ल्याउनुभएको छ ।

बझाङमा प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा माओवादी केन्द्रका देवकी मल्ल (थापा) ले एक हजार ८२ मत ल्याउनुभएको छ भने काग्रेंसका नरेशबहादुर सिंहले २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्