४५ जिल्लामा ६७ प्रतिशत मत खस्यो, शान्तिपूर्ण रुपमा मतदान



नेपाल समाचारपत्र, काठमाडौ ।
दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमार्फत आज कुल ६७ प्रतिशत मत खसेको छ।

सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए।

मतदानको आंकडा बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए। यसअघि पहिलो चरणमा ६५ प्रतिशत मतदान भएको थियो।
निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलले ‘संवैधानिक दायित्व पूरा गर्न सफल भएको’ बताए। ‘कुनै व्यक्तिको हताहत नभइकन निर्वाचन सम्पन्न भएको छ’, पौडेलले भने, ‘सुरक्षाकर्मी र गृह मन्त्रालयलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।’

प्रतिक्रिया दिनुहोस्