प्युठानमा मतदाताको उत्साहजनक सहभागिता, ६० प्रतिशत मत खस्यो



सलिम अन्सारी, प्युठान ।

जिल्लामा बिहिबार सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा चुनावमा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । मतदान उत्साहपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।गत स्थानीय तह चुनाबमा जिल्लामा ७० प्रतिशत मत खसेको थियो।

जिल्लाका नौ वटै स्थानीय तहमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद घिमिरेले बताए । उनले भने, ‘ राजनीतिक सहमति र समझदारीमा प्युठानको चुनाव शान्तिपूर्ण, सौहाद्र्रपूर्ण भएको छ।’

मतदान स्थलबाट सदरमुकाम मतपेटिका पुगेपछि शुक्रबार बिहान देखि नै मतगणना सुरु हुने कार्यालयले जनाएको छ । मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु भएको घिमिरेले बताए।

राती अबेर सम्म धेरै जसो मतपेटिका आइपुग्छन।घिमिरेले भने शुक्रवार बिहान सम्म सबै मतपेटिका सदरमुकाम ल्याइ पुर्याइने छ।जिल्लामा १ सय ५१ मतदानस्थलका दुई सय केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भएको हो।एक प्रतिनिधीसभा र दुई वटा प्रदेशसभा रहेको जिल्लामा १ लाख ३८ हजार ६ सय ४१ मतदाता छन।

प्रतिक्रिया दिनुहोस्