सिन्धुपाल्चोकमा मतगणना सुरु



नानिराम नेपाल, सिन्धुपाल्चोक ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना सुरु भएको छ । बिहिबार दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछी पहिलो चरणमा निर्वाचन भएको सिन्धुपाल्चोकमा १० दिनपछी मतगणना सुरु भएको हो ।

बिहिबार ५ बजे मतगणना सुरु गर्ने भनिएकोमा साढे ५ बजेदेखी मतगणना सुरु भएको हो । मतगणनाका लागि प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेदवारहरु पाँच बज्नु भन्दा अगावै मतपेटिका भण्डारण गरिएको जिल्ला कृषि विकास कार्यालय परिसरमा उपस्थित भएका थिए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लामा १ लाख ५५ हजार ७ सय ४३ मत खसेको थियो । कूल २ लाख २६ हजार ५ सय मतदाता मध्ये ६९। ५८ प्रतिशत मात्र मत खसेको हो ।

प्रतिक्रिया दिनुहोस्