पाँचथरमा मतगणना सुरु



पाँचथर, (नेस)
पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना बेलुका सवा ५ बजेबाट गणना सुरु भएको हो । अहिले प्रतिनिधिसभाको जिल्ला सदरमुकाम फिदिमको कवर्डहलबाट गणना सुरु भएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका तर्फबाट भिष्मराज आङदम्बे र बामपन्थी गठबन्धनबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्