बैतडीमा मतगणना सुरु



विनोद सिंह विष्ट, बैतडी ।
मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको बैतडीमा मतगणना आज बेलुका ५ बजेदेखि सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना एकैसाथ भईरहेको छ । प्रदेशसभाको दुवै क्षेत्रको मतगणना दशरथचन्द नगरपालिकाको हलमा भईरहेकोे छ भने प्रतिनिधिसभाको मतगणना दशरथचन्द नगरपालिकाका एक कोठामा भईरहेको छ ।

उहाँले भन्नुभयो“ प्रत्यक्ष तर्फको मतगणना सकिएपछि मात्रै समानुपातिक तर्फको मतगणना गरिनेछ” मतगणना व्यवस्थित गर्न कडा सुरक्षाका साथै मतगणनास्थलमा तारजालीको व्यवस्था, विद्युत जेनेरेटरको व्यवस्था गरिसकिएको छ । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । सञ्चारकर्मीका लागी आलोपालो मिलाएर मतगणनास्थलमा जाने व्यवस्था गरिएको छ ।

एक पटकमा दुईजनासम्म सञ्चारकर्मीलाई मतगणनास्थलमा प्रवेश गर्न पाईनेछ मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो “सामान्य अवलोकनपश्चात तथा रिपोर्टिङ छिट्टै फर्किनुपर्नेछ”
निर्वाचन भएको झण्डै ११ दिनपछि मतगणना शुरु हुनेभएपछि कसले बाँजी मार्ला भन्ने अडक्ल समेत काट्न थालेका छन् । बैतडीमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनविच प्रतिस्प्रर्धा हुने देखिएको छ ।

लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभा सदस्यका लागी नेपाली कांग्रसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र वाम गठबन्धनका तर्फवाट नेकपा एमालेका नेता एवं पुर्व अर्धराज्यमन्त्री दामोदर भण्डारी प्रतिस्प्रर्धामा रहेका छन् । यस्तै लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रदेश सभा क मा कांग्रेसका हरिमोहन भण्डारी र वाम गठबन्धनका तर्फवाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट रहनुभएको छ । भने प्रदेश सभा ख मा लोकतान्त्रिक गठबन्धनका तर्फवाट राप्रपाका गणेश चन्द र वाम गठबन्धनका तर्फवाट एमालेका लिलाधर भट्ट रहनुभएको छ ।
यसैबीच मतपरिणाम नआउन्ेजल सम्म बैतडी सदरमुकाममा मदिरा बेचबिखनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्