स्याङ्जामा कांग्रेसले ४ वटा बुथ कब्जा गरेको बाम गठबन्धनको आरोप



अमृत अर्याल, स्याङजा ।
स्याङजाको चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले एकलौटी मतदान गरेको भन्दै बाम गठबन्धनले पुनः मतदानको माग गरेको छ ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको अगुवाइमा प्रहरी प्रशासन र निर्वाचन कर्मचारीकै मिलेमतोमा बुथ कब्जा गरिएको बाम गठबन्धनकी उम्मेदवार पद्मा अर्यालको आरोप लागएकि छन ।

चापाकोट नगरपालिकाको सेखामा दुई मतदान केन्द्र र मल्यानकोटका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको उजुरी निर्वाचन आयोगमा गर्न लागिएको हो । यस्तै मल्याकोट मतदानकेन्द्रमा बुथ कब्जा भइरहेको सुनेपछि रोक्न पुगेकी एमाले उम्मेदवार पद्मा अर्यालमाथि ढुंगामुढा प्रहार भएको बाम गठबन्दनका कार्यकर्ताले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्