थामिएन विप्लव, फेरी पनि आन्दोलनको चेतावनी



विप्लवको पार्टी भन्छः बम बिष्फोटको जिम्मा लिएको हल्ला गलत हो ।

प्रशान्त वली, काठमाडौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले बम बिष्फोटको जिम्मा नलिएको प्रतिकृया दिएको छ ।

सो पार्टीले चुनाब खारेज अभियान चलाएपनि बम बिष्फोट जस्ता अबान्छीत गतिबीधीको जिम्मा नलिएको बताएको छ । बिभीन्न सञ्चार माध्यममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँदै आजबाट बम हमला रोकिने कुरा बाहिर आएपछि पार्टीका पोलिटव्यूरो सदस्य ओमपं्रकाश पुनले न्यूज अफ नेपाल डटकम संग भन्नुभयो,– ‘नितीगत हिसावले यो संसदिय अभियान खारेज गर्ने अभियान सफल भयौं ।

बीचमा अन्य समुहले समेत अराजक गतिबीधी गरे । हामीले हाम्रो नेतृत्वमा भएका राजनितीक प्रतिरोधको आन्दोलनको मात्रै जिम्मा लिएका हौं । बम बिष्फोटको जिम्मा हाम्रो पार्टीले लिएको होईन । ’ सो पार्टीले आफ्ना एक हजार बढि कार्यकर्ता प्रहरीले पक्राउ गरेको बताएको छ ।

चुनाब खारेज अभियानको क्रममा आफ्ना कार्यकर्ता बिना सर्त रिहा नगरे संघर्षका कार्यक्रम घोषणा हुने नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्