मानवअधिकार दिवसमा कविता अभियान सुरु



अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा एम्नेस्टी इन्टरनेशनल नेपालले राष्ट्रिय कविता वाचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम विश्व मानवअधिकार दिवसको अबसरमा मंसिर २३ गते दिउँसो १ बजेदेखि वसन्तपुर दरवार क्षेत्रमा हुँदैछ ।

कविता उत्सवमा नेपालका ख्यातिप्राप्त कविहरूका साथ एम्नेस्टीका सदस्य कविहरूले मानवताको पक्षमा कविता वाचन गर्ने एम्नेस्टी इन्टरनेशनल नेपालका राष्ट्रिय युवा प्रतिनिधि विपिन बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार मानवताका बिषयहरु समेटिएका कवितालाई पुस्तकको रुपमा संग्रहित गरिनेछ ।

३० जना भन्दा बढि कविहरू कविता वाचन गर्ने र कविताले शान्ति, न्याय र मानवअधिकार प्रत्याभूतिको पक्षमा आवाज बुलन्द गर्ने संस्थाका निर्देशक निराजन थपलियाले बताए । उनका अनुसार संस्थाले कविता वाचन कार्यक्रमलाई अभियानकै रुपमा समेत अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्