काठमाडौं-५ का प्रतिस्पर्धी इश्वर पोखरेल र उज्वल थापा मत हाल्ने लाइनमा उभिँदा (तस्बीर)



नेपाल समाचारपत्र

काठमाडौं

विहान ७ बजेदेखि देशभर मतदान सुरू भएको छ। मतदानका तस्बिरहरू उम्मेद्वारले भटाभट सामाजिक संजालमा राख्ने गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले र विवेकशिल-साझाका प्रतिनिधि सभा उम्मेद्वार द्वय क्रमशः इश्वर पोखरेल र उज्वल थापाले मतदानका लागि लाइनमा बसेको तस्बिर राखेका छन्।

यो निर्वाचन क्षेत्रमा एमाले महासचिव इश्वर पोखरेल र नेपाली कांग्रेसका प्रकाशसरण महतसँग नयाँ दल विवेकशील साझाका उम्मेद्वार थापा भिड्दैछन्।

 

प्रतिक्रिया दिनुहोस्