गगन थापा लक्षित बम बिष्फोट गराउने बिप्लवका कार्यकर्ता पक्राउ



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेश नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् ।

रवि विप्लप समूहका युवा दस्ता इञ्जार्च, मुक्ति काठमाडौँ जिल्ला समिति सदस्य, महेश ललितपुरको इलाका कमिटी सदस्य, विगेश न्याय विभाग प्रमुख, राजिव नुवाकोट जिल्ला सदस्य र रोशन साधारण सदस्य हुन् ।

पक्राउ परेकाहरुको साथबाट चिनियाँ पेस्तोलसहित चार वटा बम समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार राजधानीमा भएका विष्फोटहरुमा गोलेकै समूहको संलग्नता रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्