मतदान अधिकृतले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाए, घटना हेर्दै सुरक्षाकर्मीले ताली पिटे



अर्घाखाँची । जिल्लामा निर्वाचन अधिकृतले नै धाँदली गर्न खोजेको भन्दै मतदाताले नै मतपेटिका फुटाएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ५ मथुरा माविमा मतदान केन्द्रका अधिकृत सुरेन्द्र अधिकारीले धाँदली गर्न खोजेको भन्दै स्थानीयले मतपेटिका फुटाएका हुन् ।

स्थानीयका अनुसार अधिकृत अधिकारीले हस्ताक्षर नै नगरी मतपत्र बाँडेका थिए । त्यो थाहा पाएपछि विवाद सुरु भएको थियो । मतदान स्थगित भएको छ ।

आक्रोसित मतदाताले मतपेटिका फुटाएर फाल्दा सुरक्षाकर्मीले तालि पिटेको एक मतदाताले जानकारी दिए । निर्वाचन अधिकृत अधिकारीले बद्‍मासी गरेको कुरा सुरक्षाकर्मीले थाहा पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्