काठमाडौको मतदानस्थलमा जे देखियो (फोटोफिचिर)



मधुसुदन रायमाझी, काठमाडौं ।

सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको बिहान ७ बजेदेखि नै शान्तिपूर्ण मतदान जारी रहेको छ । मतदानस्थलमा मतदाताको धेरै भिड देखिदैन । शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । काठमाडौंमा रहेको १० वटा निर्वाचन क्षेत्रमा रहेका मतदानस्थलमा मतदान भइरहेको छ ।

१० निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक÷एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौँका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् ।

काठमाडौँमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क) मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या ६ लाख ३० हजार ४६० छन् ।

प्रतिक्रिया दिनुहोस्