उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद निकालेर एमाले नेता तथा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण गरेका छन् ।

चुनाव हार्ने निश्चित भएपछि युरेकले उनीमाथि आक्रमणको प्रयास गरेको स्थानीयले बताएका छन् । आक्रमणपछि मेयरले भने, ‘म निर्वाचनलाई प्रभावित पार्ने किसिमले यहाँ आएको हैन, निर्वाचनमा मतदान गर्ने सबैको अधिकार हुन्छ ।’
झडप नियन्त्रणको लागि नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बाक्लो रुपमा खटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्