विशिष्ट व्यक्तिहरुले यसरी गरे मतदान (फोटो फिचर)



नेपाल समाचारपत्र

काठमाडौं

काठमाडौंदोस्रो चरणको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचन देशभर भइरहेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले देशका विभिन्न जिल्लाका मतदान केन्द्रबाट यसरी मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट मतदान गरेका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर क्षेत्र नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि ओलीले चुनाव टार्ने प्रधानमन्त्रीका सबै प्रयास असफल भएको बताए ।

 

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरिसकेपछि देशले समृद्धिको यात्रा शुरु गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का उम्मेदवार झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि खनालले अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।

राष्ट्रकवि माधव प्रसाद घिमिरे (९९ बर्ष) मतदान गर्नुहुदै!

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बिहीबार काठमाडौंको सानो गौचरनस्थित मतदान केन्द्रमा मतदान गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी ।

बाम गठबन्धनका तर्फबाट बर्दिया क्षेत्र न १ बाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गरेका छन् ।

काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् । नेता पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 धनुषास्थित राजेश्वरनिधि उच्च माविबाट कांग्रेस नेता बिमलेन्द्र निधिले मतदान गरेका छन्।

उद्योगी विनोद चौधरीले नवलपुरबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

सेतो कपडा बेरेर प्रचण्डकी बुहारी बिनाले गरीन मतदान

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीबाट मतदान गरेका छन्। मत खसाल्न उनी बिहान ७ बजे नै रत्नज्योति महिला परिवार भवनस्थित मतदान केन्द्र पुगेका थिए । उनी काठमाडौं क्षेत्र १ उम्मेदवार हुन ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले थापाथलीस्थित सरस्वती विद्या मन्दिर उच्चमावि केन्द्रबाट मतदान गरेका छन् ।

 

रमेश लेखकद्वारा मतदान

काँग्रेस नेता सिटौलाले झापा निर्वाचन क्षेत्र नं १ को भद्रपुर नगरपालिकाको वडा नं १०, बाट मतदान गर्नुभएको हो ।

 

हेटौंडा ६ मा रहेको वंशगोपाल मावि चौघडा मतदान केन्द्रमा राप्रपा अध्यक्ष कमल थापाले विहान पौने ८ बजे मतदान गर्नुभएको छ । उपप्रधानमन्त्री थापाले मतदानपछि प्रतिक्रिया दिँदै आफूले आफ्नो नागरिक दायित्वअन्तर्गत् मतदानको काम पूरा गरेको बताउनुभयो ।

शंकर पोख्रेलले गरे मतदान, उनी भन्छन्ः ‘अब स्थायि सरकार बन्छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

काठमाडाै क्षेत्र नं ४ का प्रतिनीधिसभाका उम्मेदवार गगन थापाले भाेट हालेका छन् । थापा नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

 

काठमाडाै क्षेत्र नं ४ का प्रतिनीधिसभाका उम्मेदवार राजन भट्रटराइले भाेट हालेका छन् । भट्रटराइ बाम गठबन्धनबाट एमालेका उम्मेदवार हुन् ।

मोरङ ६ का उम्मेदवार (कांग्रेसका नेता) शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट बिहान सात बजे मतदान गरेका छन् ।

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता) प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दावी गरेका छन् । पूर्व मन्त्री पण्डितले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

 

महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्राबिमा मतदान गरेका छन्

राजपा नेता अनिल झाले रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन ।

नवलपरासी (पश्चिम)को केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट हृदयेश त्रिपाठीले मतदान गरेका छन् ।

अर्घाखाँचीको रासीचौर मतदान केन्द्रबाट टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।

झापा क्षेत्र नं. ३ बाट बाम गठबन्धनका लागि राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिकाको गोल्धाप मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनेमा शिखर नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

महोत्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका उमेदवार शरत सिंह भण्डारीले मतदान गरेका छन् । महोत्तरीको अाैरही नगरपालिका-१ स्थित जनता प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

माओवादी केन्द्रकी प्रवक्ता एवं ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसाल मतदान गरेकी छिन्।

एमाले नेता एवं भक्तपुर– २ का उम्मेदवार महेश बस्नेत गुण्डुमा मतदान गरेका छन् ।

 

बैंकर अनिल शाहले काठमाडौं क्षेत्र नं ४ बाट मतदान गरेका छन् । मतदान गर्दै शाहले आजको आवश्यकता भनेको राजनीतिक स्थिरता रहेको बताए ।

 

“मैले त आज विवेक पुर्याएर भोट हालें ताकि भोलि पछुताउन नपरोस्१
तपाई पनि भोट हाल्न पक्कै जानु होला। आउनुहोस्, सँगै मिलेर ईतिहास रचौं।”

 

प्रतिक्रिया दिनुहोस्