यातायात मन्त्री बिरबहादुर बलायरले गरे मतदान



नेपाल समाचारपत्र, डोटी
भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायरले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनेमा शिखर
नगरपालिका–८ तिलतालीको राधाकृष्ण उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

बिहीबार बिहान ९ बजेर ७ मिनेटमा मन्त्री बलायरले सो केन्द्रबाट मतदान गरेका हुन् । मन्त्री बलायरसँगै उनकी धर्मपत्नी शर्मिला बलायरले पनि सोही मतदान केन्द्रबाट मतदान गरे ।

मतदानपछि मन्त्री बलायरले संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन लोकतन्त्रबादी र कम्यूनिष्ट शासक बीचको दुईकित्ताको लडाई भएको बताए ।

लोकतन्त्रबादीहरुको जित सुनिश्चित भएको भन्दै उनले काँग्रेसको सरकार पछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त,
दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री बलायरले मतदान गरेको राधाकृष्ण उच्च माविको मतदान केन्द्रसदरमुकामदेखि २० किमी टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्