शंकर पोख्रेलले गरे मतदान, उनी भन्छन्ः ‘अब स्थायि सरकार बन्छ’



दाङ (नेस) ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगत जनता विद्यापिठ वुथमा मतदान कार्य सुरु भएको छ ।

उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रिका रुपमा प्रस्तावित उम्मेदवार शंकर पोखरेलले कृष्ण वहादुर महरा र अमर वहादुर डाँगीलाई भोट हालेका छन् ।

पोख्रेलले उक्त वुथमा पहिलो मतदान गरेका हुन् । विहान सवा सात बजे देखि सुरु भएको मतदानमा अहिले सम्म ७० जना जतिले मात्रै मतदान गरेका छन् ।

मतदान पछि संक्षिप्त प्रतिकृया दिँदै पोखरेलले संविधान कार्यान्वयनको खुट्कीलोमा रहेकाले यो निर्वाचनले शान्ति र स्थीरता दिने उल्लेख गरे । साथै राजनीतिक दलहरुका बीचमा गठबन्धन बनेर स्थायी सरकार दिने पनि बताए । साथै पोख्रेलले पाँच नं। को राजधानी पनि दाङमैं हुने ठोकुवा गरे । सबै हिसावले राजधानी हुन उपयुक्त स्थान रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्