सेतो कपडा बेरेर प्रचण्डकी बुहारी बिनाले गरीन मतदान



कञचनपुर (नेस) ।
कञ्चनपुर क्षेत्र नम्बर क्षेत्र नम्बर–१ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विनाले पुनर्वास नगरपालिका वडा नम्बर– ३ रामबस्तीस्थित गोरखा आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।पति प्रकाश दाहालको हालै निधन भएकाले विना सेतो पछ्यौरा ओढेर मतदान केन्द्र पुगेकी थिइन् ।

नेपाली हिन्दू परम्परामा पतिको निधनपछि एकल महिलाले रातो पहिरन लगाउँदैनन्। विना वाम गठबन्धनकी साझा उम्मेदवार हुन्। विनासंग कांग्रेसका दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्