निर्वाचन अपडेटः रामचन्द्र पौडेलद्धारा मतदान, प्रकाशमान सिंहले आफूलाई भोट हाल्न पाएनन्



नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले दमौलीस्थित सत्यवती माविको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् । मतदानपछि नेता पौडेलले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन संविधान कार्यान्वय गराउन ऐतिहासिक दिन भएको बताए ।

नेपाल समाचारपत्र
काठमाडौं

तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि आफूलाई भोट हाल्न पाएनन् । उनी काठमाडौं १ का उम्मेदवार हुन् तर, ७ को पकनाजोलस्थित युवक जनता माबीबाट मतदान गरेका छन्

०८ः४४ नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं ६ का प्रतिनिधीसभा उमेदवार डा शेखर कोईराला विराटनगर(७ स्थित आदर्श विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै।

प्रतिक्रिया दिनुहोस्