भिआइपिले कहाँ–कहाँबाट गरे मतदान ?



नेपाल समाचरापत्र, काठमाडौ ।
आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्दैछन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन ।

झापामा रहेका अर्का पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह् भक्तपुरबाट मतदान गर्ने कार्यक्रम तय भएको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ इलाम, कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित बिराटनगर, मन्त्री सुनीलबहादुर थापा धनकुटा र माओवादी नेता गिरिराजमणि पोखरेल महोत्तरी पुगि बिहानै मतदान गरिसकेका छन् ।

त्यसैगरी अन्य नेताहरुले पनि मतदान गरिरहेका छन् । झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भद्रपुरस्थित बलवलगुढी प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्