सेपाकताक्रो टोली थाइल्यान्ड जाने



काठमाडौं, (नेस)
नेपाली सेपाकताक्रो टोली ३२औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्ने भएको छ।डिसेम्बर १७ तारिखसम्म चल्ने प्रतियोगितामा ६ खेलाडीसहित १० सदस्यीय टोली सहभागी हुनेछ।

पुरुष टोलीमा रुपेश सुनार, सुजन डंगोल र रोशन तामाङ तथा पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला टोलीतर्फ सोममाया थापा मगर, सुमित्रा डंगोल र उषा महर्जन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्