सिमान्त र सोनिया मिस्टर र मिस विश्वकर्मा



विश्वकर्मा समुदायका युवायुवती माझ राजधानीमा हालै सम्पन्न सौन्दर्य प्रतियोगितामा सिमान्त बराइली मिस्टर मिस्टर विश्वकर्मा र सोनिया विश्वकर्मा मिस विश्वकर्मा घोषित भएका छन्। परिवर्तन इभेन्ट नेपालले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको मिस एन्ड मिस्टर विश्वकर्मा २०१७ प्रतियोगितामा सिमान्त र सोनिया उपाधि विजेता बन्न सफल भएका हुन्।

गत वर्ष मिस विश्वकर्मा आयोजना गरेको परिवर्तन इभेन्ट नेपालले यस वर्ष मिस एन्ड मिस्टर विश्वकर्मा एकैसाथ आयोजना गरेको हो। फस्ट र सेकेन्ड रनर्सअपको उपाधि नराखिएको प्रतियोगीतामा महिलातर्फ निशा सुनार मिस फोटोजेनिक, बिनु विश्वकर्मा बेस्ट ड्रेस, सुसमपन्ना रसाइली मिस ट्यालेन्ट, रेजिना विश्वकर्मा मिस चर्मिङ, सोनिया विश्वकर्मा मिस पपुलर, खुश्बु विश्वकर्मा मिस बेस्ट स्माइल, सरिता रमदम मिस बेस्ट स्किन र सोनिया विश्वकर्मा मिस क्याटवाक भएका छन्। त्यसै गरी पुरुषतर्फ प्रलाद गजमेर मिस्टर फोटोजेनिक, सिमान्त बराइली मिस्टर पर्सनालिटि, सुरज विश्वकर्मा मिस्टर ट्यालेन्ट र कमल विश्वकर्मा मिस्टर फ्रेन्डली भएका छन्।

लोकप्रिय गायक आनन्द कार्की प्रमुख निर्णायक रहेको प्रतियोगितामा पत्रकार कृष्ण भट्टराई, स्मरण शक्ति प्रशिक्षण डा. नवल पंजियार, नेपाल टेलिभिजनका नायब प्रबन्धक दीपक धिताल, क्यानका पूर्वटिम मेनेजर पूर्ण लामा निर्णायक रहेका थिए। प्रतियोगिता सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको थियो। विश्वकर्मा समुदायका युवा युवतीहरूको कला संस्कृति एवं पहिचान दिलाउन गरिएको कार्यक्रमको सफलताले अझ उत्साहित बनाएको आयोजक राज बराइलीले बताए।

प्रतिक्रिया दिनुहोस्