हलमा फेरि पुरानै फिल्म



दैशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने भएपछि देशभरका हलमा नयाँ फिल्म देखिन छोडेको छ। निर्वाचनका कारण दर्शक पनि त्यसमा व्यस्त हुने र हलमा नआउने भएका कारण निर्मँताहरुले आफ्ना नयाँ फिल्म रिलिजमा नल्याएका कारण हलहरुमा अहिले पुरानो फिल्मले डेरा जमाएको छ।

गत मंसिर १० मा भएको पहिलो चरणको निर्वाचन र आज बिहीबार हुन लागेको दोस्रो चरणको निर्वाचनका कारण दर्शक हलमा नआउने देखेपछि निर्माताहरुले आफ्ना नयाँ फिल्म उपलब्ध नगराएका कारण हलहरुमा पुरानै फिल्मले फेरि स्थान पाएका छन्। नयाँ फिल्म नपाएका कारण सञ्जयलीला भन्साली निर्देशित हिन्दी फिल्म पद्यमावती चलाएरै टार्ने सोच बनाएका हल सञ्चालकले त्यसले मात्र धान्ने अवस्था नभएका कारण पुराना फिल्म चलाएका छन्। नयाँ फिल्म नपाएपछि अहिले फेरि प्रेमगीत २, छक्का पञ्जा २, फाटेको जुत्ताजस्ता फिल्म हलहरुमा देखिन थालेको छ भने भोलि शुक्रबार सेतो सूर्य रिलिज गरिने भएको छ।

क्यालेन्डरमा रातो चिन्ह देख्नासाथ आफ्नो फिल्म चलाउन हानथाप गर्ने निर्माताहरु व्यापारमा निर्वाचनको प्रभाव पर्ने भएपछि पछाडि सरेका छन्। यो प्रभाव निर्वाचनको परिणाम आउने समयसम्म देखिनेछ।

प्रतिक्रिया दिनुहोस्