द साइलेन्स बे्रकर टाइम अखबारको ‘वर्ष पुरुष’ घोषित



न्युयोर्क, (एजेन्सी)
यौनजन्य दुव्र्यवहार तथा शोषणलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा खुलासा गर्ने अभियान ह्यासमीटुको सञ्चालक तथा संस्थापक ‘द साइलेन्स ब्रेकर्स’ यो वर्ष टाइम अखबारको पर्सन अफ इयर (वर्ष व्यक्ति)मा चयन भएको छ।

उक्त समूहलाई सन् २०१७ को सबैभन्दा प्रभावशाली व्यक्तिका रूपमा घोषण गरिएको अमेरिकी प्रातकालीन टेलिभिजनले बुधबार जनाएको हो। वर्षभरिमा राम्रो र नराम्रो क्रियाकलापका कारण समाचारमा सबैभन्दा बढी को वा कसले प्रभाव पारेको छ भन्ने विषयमा अखबारको सम्पादकहरूलाई आधार बनाई उक्त समाचार बाहिर आएको हो।

दोस्रो प्रभावशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् भने तेस्रो स्थानमा चिनियाँ नेता सी जिनपिङ परेका छन्। वर्ष पुरुष विजेता ह्यासमीटु अभियान ट्रम्पको राष्ट्रपतीय अभियानपछि गठन भएको हो। चुनावी प्रचारका क्रममा ट्रम्पले घमण्डका साथ ‘अश्लील शब्द’ प्रयोग गर्दै मत कसरी तान्न सक्छ भन्ने बताइरहेको सन् २००५ को एउटा अडियो बाहिर आएपछि उक्त अभियानले जन्म लिएको हो।

उक्त ह्यासट्या प्रयोग गर्नेहरूले हलिवुड फिल्म निर्माता हार्वी वेनस्टेनको चरित्रलाई पर्दाफास गरेको छ। गत वर्ष उक्त अखबारको व्यक्ति पुरुषमा ट्रम्प चयन भएका थिए र त्यसपछि उनी राष्ट्रपतिमा निर्वाचित पनि भए।

केही हप्ताअगाडि अखबारले आफूलाई वर्ष पुरुषको विजयी हुने सम्भावना रहेको बताउँदै फोटो सेसन र अन्तर्वार्ताका लागि गरेको प्रस्तावलाई अस्वीकार गरेको ट्रम्पले बताएका थिए। तर अखबारले उक्त दाबीलाई गलत भएको जनाएको थियो। ट्रम्पले आफूलाई ‘सम्भवत’ भनेकाले मन नपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्