आर्थिक अवस्था कमजोर भएकालाइ निःशुल्क एम्बुलेन्स सेवा



रामधन राई, खोटाङ ।
खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछि सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्समंगलवारदेखी सञ्चालनमा आएको हो ।

खोटाङ सेवा समाज कतारले करीव साढे १२ लाखको लागतमा खरीद गरी गत जेठ १० गते दिक्तेलमा हस्तान्तरण गरेको एम्बुलेन्स पहिलोपटक बिरामी लिएर काठमाण्डौं पुगेको छ । कम्पनीको नियमानुसार २८ सय किलोमिटर गुडेको गाडी सर्भिस गर्नुपर्ने हुन्छ । हस्तान्तरण भएको भोलिपल्टरि–सर्भिसिङ गर्न एम्बुलेन्स काठमाण्डौ पठाईए पनि कम्पनीले सर्भिस गर्न ढिलाई गरिदिएको बताईएको छ ।

ढिलाई गरेर सर्भिसिङभए पनि खोटाङ र ओखलढुंगाको जयरामघाटमा लगाईएको बेलिबृजनिकालिएको कारण एम्बुलेन्स जिल्ला भित्र्याउन सकिएको थिएन ।कतारमा रहेका आम खोटाङे तथा गैर खोटाङेको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले काठमाण्डौ, तराई, भोजपुर र जिल्लाका विभिन्न स्थानमासेवा प्रदान गर्ने सञ्चालक समिती संयोजक उद्धब आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादरमा एम्बुलेन्स जिल्लावासीले उपभोग गर्न पाउनेछन् ।आर्थिक अवस्था कमजोर भएको सेवाग्राहीलाई निशुल्क सेवा दिईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्